Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मनोगत निवन्ध संग्रह : एक बिवेचना


  • बिहिबार, असार १६ २०७९

  • मनोगत निवन्ध संग्रह : एक बिवेचना

    उपप्राध्यापक कुलप्रसाद खनालको निबन्ध संग्रह मनोगत मानिसको मन भित्र उव्जेका बिषयका साथै समाज र जगतमा घटित मनोभावको बिम्बको रूपमा रहेको छ।

    प्रकाशक प्रमोद शर्मा न्यौपानेले गुरू भक्तिमा समर्पण गर्दै भन्छन्- मेरा पूज्य गुरू श्री कुलप्रसाद खनालज्यूप्रति हार्दिक आभारी छु जसले यो कृति प्रकाशित गर्ने शुभ अवसर प्रदान गर्नु भयो। त्यसैगरी भूमिका लेख्छन् डा•कृष्ण भण्डारी “मुमुक्षु”ले- यो ” विचारको सङ्गम” नेपाली निबन्धको उचाई छुने लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान, रामकृष्ण शर्मा, यदुनाथ खनाल, तारानाथ शर्मा, शङ्कर लामिछाने, राममणि रिसाल, गोपीकृष्ण शर्मा, माधवप्रसाद पोखरेल प्रवृत्तिको लहरमा यो निबन्धको कला अघि बढेको छ।

    विस शिर्षकमा रहेको यो निबन्ध एकसय एक पेजको छ। लेखक भन्छन् “मनोगत” विद्यागत तेस्रो निबन्ध सङ्ग्रह हो।

    मेटिदै गएका पाइलाहमा लेखक लेख्छन्, आजको पुस्ता विगतका आफ्ना यात्रा श्रेणीहरू र पाइलाहरू मेट्दै छ। जीवनरेखाहरू पुछ्दै छ। पुर्खा अस्तित्वलाई इन्कार गर्दै छ।

    लेखकको मन्दिर यात्रामा आफुले साँस्कृतिक दुर्घटना पाएको अनुभव गर्छन्। हाम्रो सँस्कृति र दीर्घ परम्पराको औचित्यमाथि चिन्तित म, मनकामना मन्दिरमा ओई … धनीकी छोरी भगवान संग माग है शब्दसँगै बिउँझन्छन्। चुइगम चपाउँदै छाडा अङ्ग प्रदर्शन गर्ने एउटा युवा हुलको चाहना हो यो। वर्तमान पुस्ताको एक युवक मन्दिर धाउछ एउटी पैसावालीकी केटी माग्न।

    स्वर र सन्देशमा उनी शिक्षा देख्छन्। एउटै स्वरमा अनेक सन्देश प्रवाहित बनेको अनुभूति हुन्छ वर्तमानको सिङ्गो शैक्षिक परिवेशमा। स्वच्छ बैचारिक प्रतिस्पर्धामा बिकसित नभएर कलेजहरू विकृतिमा परिणत हुने गरेको छ। एउटा विसङ्गत रूप, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सँग गासिएको विद्यार्थी एकता आदर्श ठान्ने समुहको स्वरमा पार्टीका झण्डा प्रतिबिम्बित छन्। लेखक शाश्वत अधिकार खोजेको तीव्र आग्रहमा छन्।

    विसंगत शिर्षकमा उनी हामी उदार र खुला मनस्थितिका हुन सकेनौ। हाम्रो वैचारिक चेत र हार्दिकतामा नितान्त स्वार्थका काला धब्बाहरू देखिन्छन्। त्यसलाई प्रकृतिले स्वीकार गरेको छ। बहुजन हितायको आदर्श पूरा ऐतिहासिक उद् गार हुन्। जसलाई समाजवादी दर्शनका चिन्तनसँग गाँस्न सकिन्छ। म विसङ्गत ठान्दछु परिवेशभित्रको दौढ। पुरा गर्न नसकेपछि हामी युगलाई गाली गर्छौँ।

    आतङ्कमा लेखक भन्छन्, आतङ्क फैलाउँदै तात्कालिक फाइदा उठाउन खोज्ने आजको हाम्रो पत्रकारिताले राष्ट्रको मौलिक रूप र अवस्था प्रस्तुत गरी समाजलाई गति दिन सक्नुपर्छ। प्रत्येक व्यक्तिभित्र स्वाभिमान र अहं रहेको हुन्छ। सुत्केरी व्यथाले पीडितनारीको अस्पताल भर्ती कसाईखाना झै लाग्छन्। उनको संवेदना र भावना बुझिरहेको देखिदैन। यो हामी भित्रको आतङ्क, छाडा राजनीतिक उग्रताले निम्त्याएको अपराधवृत्ति पनि हो भनि लेखक भन्छन्। त्यसैगरी यतिखेर व्यावसायिक मुनाफाखोर जनविरोधी प्रवृत्तिले समाज आक्रान्त बनेको उनी देख्छन्।

    हाम्रो सडकमा खाल्डाहरू पुर्न वैदेशिक ॠणराशिमा गिद्दे दृष्टि छ। ठेकेदारहरू कुटिल चालले सहरभित्र आफ्नो घरको तला थप्छन्। मान्छेहरूको नारा सहितको झौण्ड सडकमा छरिएको छ। एउटा पर्चा सडकमा कतै फेला पर्दाको उत्सुकता, जाँगर, जोश , उत्साह आजकालको जुलुसमा छैन। यसप्रति मोहभङ्ग भएको छ सिङ्गो समाजको।

    विद्रूप परिवर्तनमा लेखक लेख्छन्, हिजोको सद्भाव, सहिष्णुता र सम्बेदना आज हराएको छ। पुर्खाहरूले सन्ततिहरूप्रति जुन त्याग र समर्पण देखाए। शिक्षादीक्षा र सभ्यताको बारेमा पनि उनीहरू उत्तिकै चिन्तित रहे। अहिले जीवनयात्रा र समाजको कटुसत्यता बिच बारम्बार प्रजातन्त्र, मानवअधिकार र राष्ट्रियताका झर्का लाग्ने स्वरहरू फलाक्दै समाज हिथोल्ने र भाँड्ने कसरत भइरहेको छ।

    नेपाली साहित्यका शीर्ष पुरुष लक्ष्मीप्रसाद देवकोटाले हाइ हाइ अंग्रेजीका बोलिबाट विद्रोही भाव पोखेका थिए । कवि हामी मान्छेभन्दा निकै काथि उठेको हुँदो रहेछ । नेपाली आफ्नै राष्ट्रमा आहत छन् । आफ्नै अर्थतन्त्रमा बाँच्न नसक्ने हामीहरु आयातित वस्तुमा बाँचेर विस्तारवाद विरुद्धका नारा लगाई रहेका हुन्छौं । जीर्णवृक्ष बनेको सामाजिक संरचना देख्दा हामी शिकार बन्न पुगेका छौं शिर्षकमा लेखक यसरी प्रस्तुत हुन्छन् ।

    जन्तीको यात्रामा नेपाली पञ्चेबाजाका ध्वनिहरुले मेरो मानसमा एक किसिमको भाव ब्यँुझाउथे । आफ्नो जीवन इतिहासमा मैले अनुभव गरेको छु । चक्का जाम हामीकहाँ नौलो होइन । राष्ट्रले धेरै पटक बन्द र जामका दृश्यहरु द्येखेको छ । छेकथुन, अवरोध, ढुङ्गामुढा, तोडफोड र आगजनीका उत्तेजक घटनाहरु भोग्दै शिथिल बन्न पुगेको छ हाम्रो देश ।

    विपरीत खोजमा लेखक भन्छन्, एउटा पीडा ट ममा । ज्वरोले गालेकी एउटी बालिका छ । उ शिशु छे त्यसैले अज्ञात छे । विचरी बाला कान्छी छोरीकी छोरी हो मेरी । ढाइ वर्षकी छ ऊ एउटा शक्ति जस्तो चट्याङ पर्दा देखिने झिल्को जस्तो अनुभव गर्छु म उसलाई । मैले धेरै भोगेको छु पैसा तिरेर डाक्टको मुख हेर्ने कुरा । हाम्रो जीवन यात्रामा चेतनाको हैसियत प्रकट भइरहेको छ ।

    आन्दोलन शिर्षकमा म आफूभित्र आन्दोलन छ किनभने मेरो जीवन छ । त्यो म भित्र पनि छ र व्यवहारमा बाहिर पनि प्रकट हुन्छ । नेताहरुको जाली वचनले मधुर स्वरमा, रसिला भावहरुमा समवेदना पोखिदिन्छन् । आन्दोलित बन्छौं हामी र आफू आफूमा विच्छेद हुनपुग्छौं । आक्रमण गर्छ हामीलाई आन्दोलनले उत्तेजित भएर । आफ्नै सुन्दर समाजमा छरपस्ट भएर पोखिन्छौं । त्यसैले बँधुवा भैंसीले दाम्लो चुडाल्दा उन्मत्त उफ्रेको परिस्थिति हाम्रो वर्तमान छ । नारीको आन्दोलित घृणा, विद्रोह, शोषण र दमन विरुद्ध मौन क्रान्ति बोल्छ । प्रकट हुन नसकेको उ भित्रको आन्दोलन समाजको विपन्नताको प्रतिक भएर देखिन्छ । त्यसैले दुनियाँको इतिहास भन्नु आन्दोलनकै निरन्तरता हो । सात साल, छयालीस साल आन्दोलनमा पूर्णविराम लाग्नु हुदैन ।

    आत्मघातमा लेखक पटक पटक आत्मघात गर्दै मृत शरीरमा झुण्डिएर लस्कर लागेको छ । जीउँदाहरु हिजोसम्म केही रहेछन् । जसले शरीर दान गरेर समाजको भलो निम्ति रुख रुखहरुमा झुण्डिए । प्रदर्शन गरे उनीहरुले आफ्नो अमर जीवनलाई । होड छ कमाउनेहरुको । गुमाउनेको व्यथा छ । वर्ग वर्गबीच युद्ध चलेको छ समाजभरी । हामी बारम्बार घात गर्दै बाँचेका हुन्छौं आफैलाई । युग आत्मघातहरुमा बाचेको छ । अँगालोमा बेरिएर मृत्यु जिउनेहरु छन् आज ।

    अनुभूति र क्षणहरुमा हामी मान्छे कतै देविक देन र कहीँ लेखान्तरको विश्वास गर्छौं । सत्य र वस्तु सापेक्षताबाट टाढा रहेर बहस गर्छौं । चारैतिर सुख्खा र जर्जर वातावरणमा असहिष्णुता र ईष्र्याले व्याप्त समाज छ । यात्रा देख्दा पागलझै विद्रोह बोल्न मन लाग्छ । आफैमा वरपरका विद्रुपता बोध हुन्छ । क्षणहरु निरन्तर र परिवर्तनशील छन् । कुनै यौनपिपासुका नजरमा देहव्यापारबाट फर्कदा थकित भएर सुतिरहेको ठहर हुन्छ ।

    परित्यिाग भौतिक जगतमा जसरी सहज र छिटो रुपमा देखिन्छ । त्यो देख्दा विचार र चिन्तमा आएको विचलन देरिद्रताको परिणाम हो । परित्याग प्रतिक हो परिवर्तनको । यस्तो अवस्थामा परित्याग स्वीकार्य बन्छ । मत्स्यन्यायीयुगको परिकल्पना एउटा भय र त्रासको सिर्जना हो । सुदुर भविष्य बुझ्ने प्रयास हो । त्यसैले सफलता मिल्यो आजको विज्ञानसम्पदान सिर्जना गर्न । आन्तरिक विद्रूपताले सिङ्गो समाज घर र बस्तीहरु भडिएका छन् । कुरुप बनिरहेका छन् । यो पूर्खा जीवनप्रतिको अवज्ञा, परित्याग र अपमान हो ।

    भुइँफुट्टामा लेखक भन्छन्, माटो आत्मपहिचानको प्रतीक हो । त्यसबाट टाढा रहने मानवीष् प्रवृत्ति भुइँफुट्टा हो । यहाँ पारिवारिक आदर्शको मूल्य पतन भएको छ । हामीले आफ्नो अस्तित्वलाई भङ्ग गरेका छौं । कुण्ठित छौं हामी माटो बिर्सदा । माटो आधार हो मान्छेको । भुइँफुट्टा जीवन शैलीको अभ्यास गराउने चरणबद्ध वर्तमानको यो शैक्षिक अभियान हो । असलमा यसले आतङ्क मच्चाइरहेको छ ।

    साँस्कृतिक महत्तालाई हामीले चलन, परम्पारामा प्रयोग भएको जन्ममृत्युसम्बन्धी संस्कार पूजाआचा, धर्म, तीर्थ, दान पुण्य जस्ता जातजाति प्रथामा बुझेका छौं । साँस्कृतिक जीवनको चरित्रसँग उत्तिकै सम्बन्ध छ । साँस्कृतिक रुपमा वर्तमान विरुप छ । समाजमा स्थापित संरचनाहरु भङ्ग भएका छन् । राष्ट्रिय चिन्तन हराएको छ । भ्रष्ट आचरण संस्थागत बन्दै छन् ।

    लेखक दुखेको देशमा पीडैपीडामा छन् र भन्छन् देश दुखेको छ पीडैपीडाले । ग्रस्त छ समाज । वर्तमानमा समाजलाई चियाँउदा जलिरहेको छ । राष्ट्रको दर्दशा मुखरित बनिरहेको छ । राष्ट्र तप्त छ । पीडैपीडाले छटपटिमा छ ।

    अधिकार आतङ्क बनेको छ । अधिकार खोसेर अधिकार जमाउन खोज्नेहरु इतिहासभरि गल्ति गरिरहेका छन् । सँधैसँधै समाजसलाई धम्की र आक्रमणद्वारा अधिकारको लठ्ठीले लखेटिरहेका छन् । देश जलिरहेको छ । हामी चौतर्फी आगो सल्काईरहेका छौं । आफैभित्रको हत्ययारा चरित्र ढाकेर अधिकार खोचिरहेका छौं । हामी आतङ्कवादी हौं अधिकारको अस्त्र बोकेर ।

    लेखक ठेकदारीमा लेख्छन्, ठेकदारीमा चलेको छ हाम्रो देश । बिना दर्शन, सिद्धान्त समाजवादी चिन्तनको एक खोल ओडेको त्यो युग छ । विच्छेद बनेको छ समाज, मूल्य, आदर्श । विचलित बनेको छ देश ।

    नलेखिएको लेखमा छन् स्रष्टा पनि । उसभित्रको सत्यमा ठेस लागिरहेको हुन्छ । लेख्न मनलागेको मनग्य लेख्न सक्ने भएपनि लेखेन । लेखक बहकिएको छ, भत्किएको छ, भावावेगमा छ, विद्रोही र आक्रोश छ । सायद यो मनोगत नै हो । अस्तु

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij