Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ट्रेड युनियन कांग्रेसले टोखामा मनायो धान दिवस (तस्वीर सहित)


  • बुधबार, असार १५ २०७९

  • ट्रेड युनियन कांग्रेसले टोखामा मनायो धान दिवस (तस्वीर सहित)

    काठमाडौं – आज असार १५ राष्ट्रिय धान दिवस मनाइएको छ । मानो रोपेर मुरी फलाउने पर्वको रूपमा असार १५ लाई लिने गरिन्छ । नेपाल ट्रेड युनियन कांग्रेसको आयोजनामा टोखाको ग्रिनल्याण्डमा रोपाई कार्यक्रम आयोजना गरियो ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले नेपाल कृषि प्रधान देश भए पनि कृषक समस्या सम्बोधन हुन नसकेको बताए । उनले कृषकलाई विउ, मल, उपकरण र ज्ञान सिप उपलब्ध गराउन राज्यको ध्यानार्कष्ण गराए । उत्पादनमा जोड दिँदै बस्नेतले कृषि पेशा सम्मानित भएको उल्लेख गरे ।

    ट्रेड युनियन कांग्रेसका युवा नेता रत्न मर्हजनले धान दिवसको महत्व दर्शाउन कार्यक्रमको आयोजना गरिएको बताए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij