Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बरिष्ठ पत्रकार बस्नेत र राणालाई हतोत्साहित पार्ने गतिविधिको महासंघद्वारा विरोध


  • बुधबार, फाल्गुन २५ २०७८

  • बरिष्ठ पत्रकार बस्नेत र राणालाई हतोत्साहित पार्ने गतिविधिको महासंघद्वारा विरोध

    काठमाडौं – वरिष्ठ पत्रकारद्वय बबिता बस्नेत र बन्दना राणाविरुद्ध पछिल्लो समय सामाजिक सञ्जालमा देखिइरहेका अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    पत्रकार बस्नेतले लेखेको लेख र पत्रकार राणाले सामाजिक सञ्जालमा व्यक्त गरेकोे अभिव्यक्तिलाई लिएर उहाँहरूलाई बहिस्कार गर्नेसम्मका अभियान सामाजिक सञ्जालमा देखिनु दुःखद भएको महासंघले जनाएको छ ।
    महासंघले विज्ञप्ती जारी गर्दै भनेको छ – ‘पत्रकार बस्नेत वरिष्ठ महिला पत्रकार तथा सम्पादक हुुनुहुन्छ । उहाँहरू अभिव्यक्ति स्वतन्त्रताको पक्षधर र प्रेस स्वतन्त्रता अभियन्ता हुनुहुन्छ ।’

    कुनै विषयमा लेख रचनामार्फत आफ्नो विचार व्यक्त गर्न पाउनु प्रत्येक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता भएको महासंघको भनाइ छ । कसैले सार्वजनिक रूपमा व्यक्त गरेको विचारको विरोध वा खण्डन गर्न पाउनु पनि अभिव्यक्ति स्वतन्त्रताको अधिकारभएको महासंघले प्रष्ट पारेको छ ।
    लोकतान्त्रिक सभ्य समाजमा यस्तो विरोध वा खण्डन बहस र अभिव्यक्तिको माध्यमबाट स्वस्थ ढंगबाट नै हुनुपर्छ भन्ने महासंघको मान्यता भएको विज्ञप्तीमा उल्लेख छ। तर पत्रकार बस्नेत र राणाले राख्नु भएको विचारका कारण उहाँहरूलाई हतोत्साहित गर्ने र बहिष्कार गर्ने जस्ता अभियान चलाइनु उहाँहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध हुनुका साथै लोकतान्त्रिक समाजलाई सुहाउँदो नहुने महासंघले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij