काठमाडौं– नेपाल जेसिज वर्ष २०२२ को लागि राष्ट्रिय उपाध्यक्ष पदमा जेसि जीवन कार्कीले उम्मेदवारी दिएका छन् । रामेछाप जेसिज बर्ष २०२१ को अध्यक्ष समेत रहेका कार्की समाजसेवामा सक्रिय रहेका छन् ।
रामेछाप जेसिज मार्फत उनको कार्यकालमा धेरै काम भएका छन् । विशेषगरी उनले भुकम्प, कोभिड १९ माहामारीको समयमा आफ्नै पहमा धेरै पीडितहरुलाई राहत वितरण गरेका थिए । साथै रामेछाप जेसीजले नेपाल जेसिज क्षेत्र ‘ग’ सम्लेलन – २०२१ उनको नेतृत्व मा आतिथ्यता समेत गरेर सम्पन्न भइ सकेको छ ।
उनले राष्ट्रिय उपाध्यक्ष पदमा मतदान गर्न सबै जेसिजका अध्यक्ष तथा पदाधिकारी र सदस्यहरुलाई अपिल गरेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
