Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस महाधिवेशनः सभापति चयनको लागि दोस्रो चरणको मतदान सुरु


  • मंगलबार, मंसिर २८ २०७८

  • कांग्रेस महाधिवेशनः  सभापति चयनको लागि दोस्रो चरणको मतदान सुरु

    काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ । दिउँसो करिब साढे ३ बजेदेखि मतदान सुरु भएको हो ।

    महाधिवेशन प्रतिनिधिहरू मतदानका लागि लामबद्ध छन् । पहिलो चरणमा सभापति पदका कुनै पनि उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणमा धेरै मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुँदै छ ।
    काठमाडौंको राष्ट्रिय सभागृहमा दोस्रो चरणको मतदान भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij