काठमाडौं – नेपाली कांग्रेस संस्थापन समूहले पदाधिकारीको टुंगो लगाएको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको टिममा उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उमेदवारी दिने निर्णय भएको छ भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेल रहने भएका छन् ।
सो समूहले सहमहामन्त्रीका उमेदवार भने टुंगो लगाएको जनाएको छ । एक नेताले दिएको जानकारीअुनसार सहमहामन्त्रीमा भीष्मराज आङ्दम्बे (आदिवासी, जनजाति), मानबहादुर विश्वकर्मा (दलित), डीना उपाध्याय (महिला), महेन्द्र यादव (मधेसी), किशोर सिंह राठौर (खस आर्य), उमाकान्त चौधरी (थारु) र फरमुल्लाह मन्सुर (मुस्लिम) र जीवन शाही (पिछडिएको क्षेत्र) रहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
