Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुथ समिति निर्माणमा धाँधली भएको आरोप


  • मंगलबार, मंसिर ७ २०७८

  • बुथ समिति निर्माणमा धाँधली भएको आरोप

    बारा। ७ मन्सिर

    बारा को परवानिपुर गाउपालिका वडा न ५ बहुअरी मा आफ्नो पक्ष मा कृयाशिल सदस्य कम रहेको ले आफ्नै पक्ष को बुथ सभापति निर्वाचित गराउन का लागि लालबाबु यादव को पक्ष ले पैसा को बल मा गोप्य स्थान मा जालसाजी वडा को अधिबेशन गराएको कुन्जबिहारी कुर्मी पक्ष को नेता तथा कर्याकर्ता ले आरोप लगाएका छन ।

    पत्रकार माहासंघ पर्सा को सभाहल मा बोल्दै कुर्मी ले थप ९ जना कृयाशिल सदस्य को बिबाद ले कार्तिक २९ गते स्थगित भएको वडा अधिबेशन सोहि दिन राति मा गोप्य स्थान मा उपस्थित नै नभएको ब्यक्ति को किर्ते उपस्थिति र किर्ते हस्ताक्षर गरि मैनेटिङ्ग तयार गरि पार्टी को प्रमुख निर्वाचन अधिकृत राजन दाहाल समक्ष पेश गरे लगतै अर्को कुर्मी पक्ष ले बिरोध गर्दा निर्वाचन अधिकृत दाहाल ले बदर गरि मंसिर २ गते निर्वाचन को मिति तय गरेको थियो ।

    मंसिर २ गते कुर्मि पक्ष ले निर्वाचन हुने स्थान मा बिहान १० बजे देखि दिउसो ४ बजे सम्म निर्वाचन अधिकृत उमाशन्कर यादव सङ्ग सम्पर्क गर्दा अधिकृत यादव सम्पर्क बिहिन भएको र प्रमुख निर्वाचन अधिकृत राजन दाहाल सङ्ग पनि सम्पर्क गर्दा आलटाल गरि कुरा गरेका थिए ।

    निर्वाचन अधिकृत राजन दाहाल ,नेपाली काङ्ग्रेस बारा क्षेत्र न. ४ का क्षेत्रीय सभापति सुनिल गुप्ता ,जिल्ला सभापति जयचन्द्र चौरसिया ले यादव पक्ष सङ्ग पैसा लिइ किर्ते र जालझेल गरेको पत्रकार सम्मेलनमा कुर्मी तथा उन्का कर्याकर्ता ले आरोप लगाएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij