Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दलित समुदायका पत्रकारको समस्या पहिचान र सम्बोधनका लागी महासंघको अन्तर्क्रिया


  • सोमबार, मंसिर ६ २०७८

  • दलित समुदायका पत्रकारको समस्या पहिचान र सम्बोधनका लागी महासंघको अन्तर्क्रिया

    मंसिर ६, काठमाडौं । नेपाल पत्रकार महासंघले दलित पत्रकारको अवस्था र चुनौतीका विषयमा अन्तरक्रिया आयोजना गरेको छ ।
    नेपाल पत्रकार महासंघ, केन्द्रीय दलित विभागको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदाय लामो समयदेखि उत्पीडनमा रहेको भन्दै त्यसको मुक्तिका लागि अक्षरमार्फत अघि बढ्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले दलित बर्गको उत्थानका लागि सामथ्र्यको संघर्ष आवश्यक रहेको भन्दै त्यसमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
    प्रतिनिधि सभा सदस्य अन्जना विशंखेले दलित पत्रकारका समस्या समाधानका लागि सबै पत्रकारहरु एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले कुनै पनि विषयलाइ उठान गरेर मात्रै समस्याको समाधान हुन नसक्ने भन्दै पत्रकारित मार्फत निरन्तरता दिन पत्रकारहरुलाइ आग्रह गर्नुभयो ।
    नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले दलित पत्रकारको समस्या पहिचान गर्दै त्यसको समाधानका लागि महासंघ तयार रहेको बताउनुभयो । उहाँले दलित पत्रकारको क्षमता अभिवृद्धि गर्न महासंघ तत्पर रहेको भन्दै त्यसका लागि सम्बन्धित संघ संस्थासंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
    महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले दलित पत्रकारको समस्या पहिचान गरी समस्या समाधान गर्न सम्बन्धित संघ संस्थासंगको अन्तरक्रियामार्फत अघि बढ्ने बताउनुभयो ।
    नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले सञ्चारगृहमा दलित पत्रकारको समानुपाति सहभागित हुनुपर्ने धारणा राख्नुभयो ।
    पत्रकार बाबुराम विश्वकर्माले दलितमाथि हुने गरेको विभेद र हिंसाका घटनालाई राज्यले गम्भीर मुद्दाका रुपमा नलिनेगरेको बताउनुभयो । उहाँले दलितमाथि समुदायका सबै क्षत्रमा विभेद कायम रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।
    अभियन्ता जेवी विश्वकर्माले दलित पत्रकार भएकै कारण सञ्चारगृहमा समेत विभेद कायम रहेको बताउनुभयो ।
    राष्ट्रिय दलित पत्रकार संघका महासचिव लक्ष्मण दर्नालले सञ्चारको क्षेत्रमा इतिहासमा कुटुवाल प्रथादेखि हालसम्म दलितहरुको महत्वपूर्ण भूमिका हुँदा पनि त्यसको कदर हुन नसकेको बताउनुभयो ।
    क्रियाशील दलित पत्रकार संघका पवित्रा सुनारले दलित भएकै कारण कार्यक्षेत्र समेत पत्रकारहरुले जातीय विभेद सहनु परेको भन्दै त्यसको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो ।
    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले दलित पत्रकारको समस्या पहिचान गरी समाधनका बारेमा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
    कार्यक्रममा दलित समुदायका पत्रकारहरुको अधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु र दलित समुदायका सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij