Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लायन्स क्लब काठमाण्डौ कर्मालय स्थापनाको घोषणा


  • सोमबार, मंसिर ६ २०७८

  • लायन्स क्लब काठमाण्डौ कर्मालय स्थापनाको घोषणा

    काठमाडौं – गएको आईतबार नागपोखरीको आरान्य बुटिक होटलमा लायन्स क्लबहरूको अन्तर्राष्ट्रिय संघको जिल्ला ३२५ ए २, एमडी ३२५, नेपाल क्लष्टर-१ एरिया-२ रिजन-४, जोन-८ ले आयोजना गरेको भेलामा काठमाडौं लायन्स क्लब काठमाण्डौ कर्मालय स्थापनाको घोषणा गरियो। लायन्स क्लब भक्तपुर स्वीटहोम अन्तर्गत रहेर काठमाडौ कर्मालयको स्थापना गरिएको हो। जिल्ला गभर्नर केशव पाण्डेलगायत जिल्लाका वरिष्ठ लायनहरुको उपस्थितिमा नयाँ क्लबको घोषणा तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ। सामाजिक काम गर्न थप सहयोगी हातहरुको संलग्नता बढाएर सामाजिक क्रियाकलापमा सक्रिय रहने योजनाको साथ क्लब स्थापना गरीएको क्लबका अध्यक्ष भगवान कार्किले जानकारी दिए। अन्तर्राष्ट्रिय लायन्स क्लबको निर्देशनमा सञ्चालित सामाजिक कार्य गर्न स्थापना भएको क्लबले स्वास्थ्य, वातावरण, शिक्षा, बालबालिका तथा महिला सशक्तिकरण आदिको क्षेत्रमा काम गर्ने छ। क्लबमा नेपाली र जर्मन नागरिकहरुको सदस्यता र कार्यमा संलग्नता रहेको कार्कीले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij