बारा कलैया
श्री दुर्गा पूजा समिति प्रस्टोकाले आयोजना गरेको पूजा उद्घाटन गर्दै लुकेश सिहले कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल तरुण दल बाराका जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेस बाराका महासमिति सदस्य लोकेश सिंहले सो कुरा भनेका थिए। जसरी माता दुर्गाको पूजा गर्न जाँदा जुत्ता चप्पल बाहिर खोलेर जान्छौँ त्यसैगरी नै मनमा भएको रिस, डाहा, द्वेष, घृणा सबै छोडेर सबैजना मिलि गाँउको विकासमा लानु पर्ने कुरामा उनले जोड दिएका थिए।
त्यसैगरी आजका सो कार्यक्रमका अतिथि तथा प्रदेश सभा सदस्य पारस प्रसाद साहले आफ्नो गाउँलाई स्वर्ग जस्तो बनाउनको लागि सबै जनाले एक अर्कालाई सहयोग गर्दै जानु पर्छ अनि मात्र विकास सम्भव हुन्छ भन्ने कुरामा जोड दिएका थिए।
पूजा समिति द्वारा प्रसौनी गापा – ५ , प्रस्टोकामा भैरहेको दुर्गा पूजाको दुर्गा भवानीको कपाट खोली विधिवत रुपमा मन्त्रोचारणका बिच पूजाको उद्घाटन नेता सिंहले गरेका थिए। त्यस पश्चात् विधिवत रुपमा माताको पूजा आराधना समेत गरेका थिए।
नेता सिंहले आफ्नो व्यक्तिगत तर्फबाट पूजाको प्रसाद किन्नको लागि पूजा समितिका अध्यक्ष रबिन्द्र साहलाई नगद रु २५ हजार प्रदान गरेका थिए।
सो उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय प्रसौनीले शान्ति सुरक्षामा पुर्याएको योगदानको कदर
स्वरुप त्याहाँका इन्स्पेक्टर विन्देश्वर यादवलाई दोसल्ला ओढार तथा सम्मान पत्र दिएर सम्मान गरिएको थियो। त्यसैगरी नेता सिंह, संविधान सभा सदस्य साह र प्रस्टोका गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सनइत साहलाई पनि दोसल्ला ओढार तथा सम्मान पत्र दिएर सम्मान गरिएको थियो।
सो कार्यक्रममा स्थानिय वुध्दिजिवी, नेतागण, श्रध्दालु भक्तजनहरू, पत्रकार लगायतको सहभागिता रहेको थियो।
सो कार्यक्रममा सञ्चालन युवा नेता दिपेन्द्र पटेलको रहेको थियो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
