काठमाडौं– सरकारले वितरण गर्ने मानपदवी सधै विवादको घेरामा पर्ने गर्दछ । यस पटक वितरण गरिएको करिब ९ सय बढि पदक पनि विवाद मुक्त हुन सकेन । चार जना पत्रकारले त पदक अस्वीकार गरेको सार्वजनिक घोषणा नै गरेका छन् ।
नयाँ पत्रिकाका प्रधानसम्पादक कृष्णज्वाला देवकोट, इकागजका प्रधानसम्पादक हरिबहादुर थापा, नेपाल समयका प्रधानसम्पादक नारायण अमृत र नागरिक दैनिकका काटुर्निष्ट रविन सायमीले पदक अस्वीकार गरेका हुन । चारै जनाले पदक वितरणको पक्रिया अपारदर्शी भएको बन्दै अस्विकार गरेका हुन ।
गत वर्ष पनि पत्रकार लक्ष्मी पुनले पदक अस्वीकार गरेकी थिइन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
