Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रसियाको संसदीय निर्वाचनमा पुटिनको पार्टी बहुमत नजिक


  • आइतबार, असोज ३ २०७८

  • रसियाको संसदीय निर्वाचनमा पुटिनको पार्टी बहुमत नजिक

    मस्को- रसियामा सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी बहुमत नजिक देखिएको छ । तीन दिनअघि सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति पुटिनको पार्टी बहुमत नजिक देखिएको हो । निर्वाचनमा पुटिनका बिरोधी र आलोचकहरुलाई प्रतिष्प्रर्धा र मतदानमा रोक लगाइएको थियो ।

    दमनबीच भएको चुनावको अन्तर्राष्ट्रिय समुदायले बिरोध गरेको थियो । सरकारले  पुटिनका प्रमुख प्रतिद्वन्द्वी अलेक्सी नभाल्नीलाई कैद गरिएको छ भने उनले नेतृत्व गरेको संगठनलाई ‘आतंकबादी’ को बिल्ला लगाउँदै प्रतिबन्ध लगाएको थियो ।

    निर्वाचनको पूर्वसन्ध्यामा नभाल्नीका मुख्य सहयोगीलाई पक्राउ गरिएको थियो सरकारी दमनपछि केहीले देश छोडेर भागेका थिए । चुनावको पूर्वसन्ध्यामा सरकारको बिरोधमा उत्रिएका प्रदर्शनकारीलाई सरकारले पक्राउ गरेको थियो ।  नभाल्नीको समुहसँग आबद्ध रहेको आशंका लागेका व्यक्तिलाई संसदीय निर्वाचनमा प्रतिष्प्रर्धा गर्न रोक लागेको थियो ।

    ‘वास्तवमा यो निर्वाचन थिएन । नागरिकलाई कुनै छनौट नै थिएन,’ रसियाली सहर सेन्ट पिटर्सवर्गका व्यापारी भ्लादिमिर जाखारोभ भन्छन् । निर्वाचनमा व्यापक धाँधली र मत पेटिका कब्जा गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij