Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पौडी खेल्दा डुबेर बालिकाको मृत्यु


  • शुक्रबार, असोज १ २०७८

  • पौडी खेल्दा डुबेर बालिकाको मृत्यु

    भोजपुर – भोजपुरको आमचोक गाउँपालिका–१ खाम्ताङमा पौडी खेल्ने क्रममा १४ वर्षीया तारा परियारको डुबेर मृत्यु भएको छ ।

    आमचाोक गाउँपालिकाको १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी परियारलाई चार घण्टापछि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    स्थानीयबाट घटनाको विषयमा जानकारी पाउन साथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । न्युज कारखाना

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij