काठमाडौँ – संखुवासभामा एकै परिवारको ६ जनाको हत्या भएको छ । मादी नगरपालिका वार्ड नं. १ उल्लिङमा ५७ वर्षिय तेजबहादुर कार्की सहित८४ वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण प्राप्त भएको छैन । घटनाको अनुशन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
