Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नाग पञ्चमी पर्व मनाइँदै


  • शुक्रबार, साउन २९ २०७८

  • नाग पञ्चमी पर्व मनाइँदै

    काठमाडौं – हिन्दू परम्परा अनुसार प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने परम्परा छ । नागका १२ नाम रहे पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक परम्परा छ ।

    मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गरेको खण्डमा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिने विश्वास छ । आज बिहानैदेखि काठमाडौं उपत्यकाका नागपोखरी, टौदह, सिद्धपोखरीलगायत नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लाग्ने गरेको छ ।

    वैज्ञानिकरूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij