बिरगंज। साउन ८!
यस वर्षको स्व. विन्दु पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो बीरगंजकी समाचार वाचिका एंव कार्यक्रम प्रस्तोता महिला पत्रकार अनिता कुवँर आज सम्मानित हुनुभएको छ । स्व. विन्दु पाण्डे स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार यस वर्ष कुँवरलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीले बताउनुभयो ।
विगत डेढ दशकभन्दा लामो समयदेखि रेडियो वीरगञ्जमा कार्यरत महिला पत्रकार कुँवरलाई पुरस्कार प्रदान गरिएको हो । स्व. विन्दु देवी पाण्डेको पाँचौ पुण्य तिथिको अवसरमा आज बीरगंजको होटल कुमु प्यालेसमा आयोजित एक कार्यक्रमका विच प्रदेश नम्बर २ का उर्जा तथा सिंचाई विकास मन्त्री ओमप्रकास शर्माले महिला पत्रकार कुवँरलाई नगद तथा प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ पर्साको संस्थापक महिला सदस्य स्व. पाण्डेको स्मृतिमा ५ बर्ष अगाडी स्थापीत प्रतिष्ठानले प्रत्येक बर्ष असार ५ गते पाण्डेको पुण्य तिथीको अवसरमा पुरस्कार वितरण गर्दै आएपनि यस बर्ष कोरोना महामारीको कारण सभा, गोष्ठी र सेमिनारहरु नगर्ने स्थानीय प्रशासनको आदेशका कारण पुरस्कार वितरणमा ढिलाई भएको प्रतिष्ठानका अध्यक्ष भण्डारीले बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसि लामीछाने, प्रदेश २ का महासचिव श्याम बन्जारा, जिल्ला अध्यक्ष अनुप तिवारी, विरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पटवारी, वरिष्ठ भोजपुरी साहित्यकार उमाशंकर द्ववेदी, समाजसेवी पशुपति विक्रम शाह, सरोज खड्का, लगयातले सम्मानित महिला पत्रकार कुवँरलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा कुँवरले आफुलाई पुरस्कृत गरिएकोमा प्रतिष्ठानलाई धन्यावाद ज्ञापन गर्दै आफुमा थप उर्जा थपिएको बताउनुभयो।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
