Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेले साउन २५ देखी २७ सम्म विधान अधिवेशन गर्ने, हस्ताक्षर फिर्ता नलिने एमाले रहदैन : ओली


  • शनिबार, असार १९ २०७८

  • एमालेले साउन २५ देखी २७ सम्म विधान अधिवेशन गर्ने, हस्ताक्षर फिर्ता नलिने एमाले रहदैन : ओली

    काठमाडौं – नेकपा एमालेले विधान सम्मेलन गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।
    विधान अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन, विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र रामबहादुर थापा बादलले व्यवस्थापन प्रतिवेदन लेख्ने निर्णय भएको छ ।
    ओलीको चेतावनी
    एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला अघि नै हस्ताक्षर फिर्ता लिन माधव – झलनाथ समूहलाई चेतावनी दिएका छन् । बैठकमा बोल्दै ओलीले फैसला आउदा सम्म पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने एमालेमा रहने बताएका हुन् ।
    हस्ताक्षर फिर्ता हुँदैन:नेपाल
    एमाले वरिष्ठ नेता माधवकुमार नेपालले हस्ताक्षर फिर्ता नहुने जवाफ अध्यक्ष ओलीलाई दिएका छन् । शनिवार भएको टेलिफोन वार्तामा नेता नेपालले हस्ताक्षर फिर्ता नहुने बताएका हुन उनले बैठक रोक्न ओलीलाई आग्रह समेत गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij