Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले वैठक : देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन दुई दिने अल्टिमेटम


  • शुक्रबार, असार १८ २०७८

  • एमाले वैठक : देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन दुई दिने अल्टिमेटम

    काठमाडौ – नेकपा एमालेको केन्द्रीय समिति बैठकले पार्टीका असन्तुष्ट पक्षलाई दुईदिन भित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन गरेको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएको छ । पार्टी महासचिव इश्वर पोखरेलको प्रस्तावमा केन्द्रीय समितिले उक्त निर्णय गरेको हो ।
    एमालेको माधव – झलनाथ समूहले देउवालाई समर्थन गरेका थिए । उक्त समूह का २३ जना सांसदले गरेको हस्ताक्षर राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा समेत बुझाइएको छ । एमालेले आगामी २० गते सम्म हस्तार फिर्ता लिन भनेको छ । उक्त पक्षले बैठकमा भाग लिएको छैन ।
    उपाध्यक्ष वामदेव गौतमले पार्टी एकातको जिम्मा आफुलाई दिन आग्रह गरेका छन । बैठकमा उपस्थित भएका गौतमले पार्टीका मुख्य नेताको अपमान गरेर एकता नहुने समेत बताए । उनले देउवाको पक्षमा हस्ताक्षर गरेर असन्तुष्ट पक्षले गल्ती गरेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij