Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज कांग्रेस पदाधिकारी बैठक बस्दै


  • आइतबार, असार १३ २०७८

  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं –नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । क्रियाशील सदस्यताको मापदण्ड सम्बन्धी विवादबारे छलफल गर्न पार्टी कार्यालय सानेपामा दिउँसो दुई बजे बैठक बोलाइएको हो । बैठकमा क्रियाशील सदस्यता छानविन समितिका सदस्यहरुलाई पनि बोलाइएको छ । समितिले विवाद मिलाउन नसकेपछि पदाधिकारीलाई नै त्यसको जिम्मा दिने तयारी गरेको एक नेताले जानकारी दिए ।
    आगामी भदौमा निर्धारित १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुसार कांग्रेसले असार मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउनुपर्ने छ । पार्टीको स्थानीयदेखि केन्द्रीय नेतृत्वसम्म चयन प्रक्रिया सुरु गर्नुअघि क्रियाशील सदस्यता टुंग्याउनुपर्ने कांग्रेसको वैधानिक व्यवस्था छ ।
    तर अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुको हकमा सदस्यताको मापदण्डबारे विवाद छ ।
    कांग्रेसबाट पार्टी एकता गरेका विजय कुमार गच्छदारले २५ हजार र राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिल थापाले १० हजार क्रियाशील सदस्यता पाएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij