Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले कर्णाली सरकारमा बीसी र श्रेष्ठलाई पठाउने


  • शनिबार, जेष्ठ २२ २०७८

  • कांग्रेसले कर्णाली सरकारमा  बीसी र श्रेष्ठलाई पठाउने

    काठमाडौं – नेपाली कांग्रसेले कर्णाली प्रदेश सरकारमा सहभागि हुने आफ्ना मन्त्री माथि १३ बुँदे आचारसंहिता जारी गरेको छ। कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले शनिबार मन्त्रीहरुका लागि आचारसंहिता बनाएको हो ।
    कांग्रेसले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढा क्षेत्री र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई पठाउने सिफारिस गरेको छ । दुबै मन्त्रीको आईतबार सपथ हुने बताइएको छ।
    कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना महामारी नियन्त्रण गर्न, नागरिकका दैनिक जीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषय सम्बोधन गर्न, सुखी, समृद्ध र समुन्नत कर्णालीको निर्माणका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी हुने निर्णय भएको बताए ।

    सरकारमा सहभागी हुने मन्त्रीका लागि १३ बुँदे आचारसंहिता

    कांग्रेस संसदीय दलले प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरुका लागि १३ बँुदे आचारसंहिता पनि जारी गरेको छ ।

    सरकारमा सहभागी हुने मन्त्रीहरुले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता र सादा जीवनशैली अपनाउनु पर्ने आचारसंहितामा उल्लेख छ ।

    यस्तै सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ । मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्न पनि कांग्रेसले प्रतिबन्ध लगाएको छ ।

    ‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनै पनि कार्यलाई निरुत्साहित गर्नुपर्ने छ, कानूनले वर्जित गरेका कुनै पनि आचरण विपरित हुने कार्यहरु गर्न पाइने छैन,’ जारी आचारसंहितामा भनिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij