काठमाडौँ – पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुकको स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको छ । द्धन्दकालीन अवस्थामा राज्य तर्फवाट जनादेश साप्ताहिकका सम्पादक इच्छुकको हिरासतमा हत्या गरिएको थियो । नेपाल पत्रकार महासंघ इच्छुक सहित द्धन्दमा मारिएका पत्रकार एवं कोभिड संक्रमणवाट निधन भएका पत्रकारको सम्झनामा संचारग्राममा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्यहरु रामकृष्ण भण्डारी, बबिन शर्मा , निर्वतमान उपाध्यक दिलिप थापा मगर लगाएतका पत्रकारले श्रद्धाञ्जली प्रकट गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
