काठमाडौं– बंगालको खाडिमा बिकसित भईरहेको यास आँधीकोे प्रभाव नेपालमा पनि देखिन थालेको छ । मौसमविद्का अनुसार आँधीको प्रभाव मंगलवारदेखि नै पर्ने र मुलुकका अधिकांश स्थानमा हावाहुरी सहितको बर्षाको सम्भावना रहेको पुर्वानुमान गरिएको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार सोमवार हाल पूर्वी मध्य बंगालको खाडिमा रहेको न्यून– चापिय क्षेत्र चक्रवातमा परिणत भईमंगलवारसम्म अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिन्छ । यसको असर नेपालको भु–भागमा पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ ।
‘टाउटे’ सामुद्रिक आँधीको प्रभाव सकिए लगत्तै फेरि बंगालको खाडी नजिकैबाट अर्को यास आँधी आउन लागेको हो । उक्त आँधीबाट हुने क्षति न्यूनिकरणका लागि भारत सरकारले तयारी थालिसकेको भारतीय संचार माध्यमहरुले बताएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यास नाम दिइएको उक्त आँधीको चक्ररेखा अहिले बन्ने क्रममा रहेको छ । भारतको मौसम विभागको वाईवसाईडमा उल्लेख भए अनुसार मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने छ । उक्र आँधी बुधबार पारादीप र सागर टापुमा ल्यान्ड हुने बताईएको छ । १८५ किलोमिटर प्रतिघन्टामा आउने आँधी उआउने उल्लेख छ ।
विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले यास आँधीको प्रभाव मंगलबारदेखि नेपालमा पर्ने बताए । “पूर्वी क्षेत्रबाट प्रभाव बिस्तारै पश्चिम सर्ने छ, अझ यसको प्रभाव बुधबार बढि पर्ने छ,” उनले भने, “ बङाल को खाडी मा बिकसित भईरहेको यास नामको समुन्द्री आन्धी को प्रभाव नेपाल को पुर्बी भाग खासगरी प्रदेश १ र प्रदेश २ का जिल्ला मा बढी पर्ने र बाग्मती प्रदेश मा समेत असर देखिने छ, मङलबार देखि शुक्रवार सम्म यी ठाउँ हरुमा पानी पर्ने र हावाहुरि चल्ने पुर्वानुमान छ । । ”
म्हाशाखाका अनुसार बुधबार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेश सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली÷पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात÷वर्षा को सम्भावना रहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
