काठमाडै – प्रधानमन्त्री वेपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले षडयन्त्रपूर्वक प्रतिनिधिसभा विधान गराएको भन्दै पाँच युवा संगठनले संयुक्त संघर्ष गर्ने भएका छन । नेपाल तरुण दल, योङ्ग कम्युनिष्ट लिग , युवा संघ नेपाल , अखिल नेपाल युवक संघ र विवेकशिल साझा युवा संगठनले संयुक्त रूपमा आन्दोलन गर्ने भएका हुन ।
यसै विच तरणदलका अध्यक्ष जितजंग बस्नेतले संघर्षमा उत्रिन युवाहरुलाई आव्हान गरेका छन । कोभिडको महामारीलाई समेत ध्यानमा राखेर असम्बैधानिक कदम विरुद्ध संघर्षमा उत्रिन देशभरका जिल्ला साखाहरुलाई अध्यक्ष बस्नेतले निर्देशन दिएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
