Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा प्याकुरेल पक्राउ


  • सोमबार, जेष्ठ १० २०७८

  • गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा प्याकुरेल पक्राउ

    ललितपुर – गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल शितलहाईट डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका-१ ठेगाना भएका लाइफ लाइन सर्जिकल हाउसका संचालक २६ वर्षीय आशिष प्याकुरेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
    कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने ‘७५% ह्‍याण्ड स्यानिटाइजर’ बजारमा खुलेआम विक्री वितरण भइरहेको पाईएकोले त्यस्ता स्यानिटाइजरको गुणस्तर जाँचका लागि औषधि व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा उक्त स्यानिटाइजर मिथानोल रसायन २४% भेटिएको थियो । स्यानिटाइजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादन माथि नियन्त्रण गर्नु पर्ने जरुरी रहेको भन्ने औषधि व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न प्याकुरेललाई पक्राउ गरेको हो ।
    आशिषले शितलहाईटमा घर भाडामा लिई औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘रिप्याक्ट बाई आरसिबि ईण्डस्ट्रिज पर्सा’, नेपाल उल्लेख गरिएको नक्कली स्टिकर प्रयोग गरी स्यानिटाइजर तयारी तथा प्याकिङ गरी विक्री गर्ने गरेको स्थानबाट करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर ETHYNIL रसायन, विभिन्न स्टिकरहरू र त्रिपुरेश्वरस्थित लाईफ लाईन सर्जिकल सप्लायर्सबाट करिब ५ हजार लिटर स्यानिटाइजर प्रहरीले बरामद गरेको छ । बरामद भएका स्यानिटाइजरको बजार मूल्य करिब १ करोड ८० लाख रुपैयाँ मूल्य बराबरको रहेको छ । उक्त सर्जिकल हाउस औषधि व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा शिल गर्नुका साथै बजारमा विक्री वितरण हुन नदिन प्रहरीले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरिरहेको छ ।
    आशिषलाई कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइने उक्त महाशाखाले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij