Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन सांसद मन्त्रीमा नियुक्त


  • शनिबार, बैशाख ४ २०७८

  • कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, फ्लोर क्रस गर्ने तीन सांसद मन्त्रीमा नियुक्त

    सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाएका छन् ।
    मुख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् ।

    एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए ।

    ३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए ।

    नेपाली कांग्रेसलाई पनि सरकारमा समेट्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij