Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य


  • सोमबार, चैत्र २३ २०७७

  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य

    बुटवल -लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेको अवस्थामा प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको छ । मन्त्रिपरिषदको बैठकपछि अधिवेशन अन्त्य निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । आजकै बैठकले करसम्बन्धी निर्णय पनि पारित गरेको छ । मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij