काठमाडौं । पत्रकार सुशील शर्माको निधन भएको छ । ६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् । उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारको तयारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
