Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुटवलको दियालो फुडल्याण्डमा आगलागी


  • बिहिबार, फाल्गुन २७ २०७७

  • बुटवलको दियालो फुडल्याण्डमा आगलागी

    बुटवल – बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा आगलागी भएको छ । गएराति करिब १ः३० बजे फुडल्याण्डको माथिल्लो तलामा रहेको रेष्टुरेन्टमा आगलागी भएको हो ।

    आगलागीबाट रेष्टुरेण्ट रहेको माथिल्लो तलामा रहेका सामान जलेर पूर्णरुपमा नष्ट भएका छन् । केही कामदार रेष्टुरेन्टमै सुतेका भए पनि आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
    बुटवल उपमहानगरपालिकाको दमकलले करिब तीन घण्टामा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीको समयमा फुडल्याण्डको तल्लो तलाका सबै सटर बन्द थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij