Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश २ सरकारद्वारा दलित विकास समितिमा पदाधिकारी नियुक्त


  • बिहिबार, फाल्गुन ६ २०७७

  • प्रदेश २ सरकारद्वारा दलित विकास समितिमा पदाधिकारी नियुक्त

    जनकपुरधाम – प्रदेश २ सरकारले दलित विकास समितिका पदाधिकारी नियुक्त गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्री परिषद्को बैठकले दलित विकास समितिको उपाध्यक्षमा सर्लाहीका रामप्रवेश बैठालाई नियुक्त गरेको छ ।

    सदस्यहरुमा सिराहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा र सिराहाकी सुनिता मरिक डोमलाई नियुक्त गरिएको सामाजिक विकास मन्त्री नवलकिशोर साहले जानकारी दिए ।

    समितिको अध्यक्ष भने सामाजिक विकास मन्त्री रहनेछन् । नियुक्त भएकाहरुले दलित सशक्तिकरण ऐनलाई कार्यान्वयन गर्दै दलितमाथि हुने भेदभाव, हिंसाविरुद्व काम गर्ने मन्त्री साहले बताए ।

    दलित सशक्तिकरण ऐन एक वर्षअघि नै प्रमाणीकरण भइसके पनि कार्यान्वयन गर्न सरकारले तदारुकता नदेखाएको भन्दै दलित समुदायले गुनासो गर्दै आएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij