Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली सेनामा दुई सय अधिकृत क्याडेटको भर्ना खुल्यो


  • बिहिबार, माघ २२ २०७७

  • नेपाली सेनामा दुई सय अधिकृत क्याडेटको भर्ना खुल्यो

    काठमाडौं– नेपाली सेनामा अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टिनेन्ट’को भर्ना खुलेको छ । यस वर्षका लागि सेनाले दुई सय जना अधिकृत क्याडेटको भर्ना खोलेको हो। सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले बिहीबार सूचना प्रकाशित गरी अधिकृत क्याडेटमा भर्ना आह्वान गरेको हो।खुलातर्फ १ सय ५, समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाति, २५ मधेसी, १४ दलित, ५ अमर सैनिक सन्तति र ४ पद पिछडिएको क्षेत्रमा भर्ना आह्वान गरिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।

    आजैदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij