Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कलंकीमा हिटर सर्ट भएर आगो लाग्दा एक वृद्धको मृत्यु


  • मंगलबार, माघ ६ २०७७

  • कलंकीमा हिटर सर्ट भएर आगो लाग्दा  एक वृद्धको मृत्यु

    काठमाडौं- काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ। मंगलबार बिहान ४ बजे काठमाडौं महानगरपालिका-१४ खड्का गाउँस्थित घरमा वृद्ध जलेर मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए।

    उनका अनुसार मृत्यु हुनेमा ८४ वर्षीय शिवराम खड्का छन्। ‘कोठाको झ्याल ढोका लगाएको अवस्था रहेछ। हिटर बालेर सुत्नुभएको देखिन्छ। प्रारम्भिक रूपमा हेर्दा हिटर सर्ट भएर आगलागी भयो। प्रहरी पुग्दा आगो निभिसकेको थियो,’ डिएसपी विष्टले भने,’उनको अगाडिको भाग जलेको छ। चार बजे उठ्ने मान्छे ६ बजे सम्म पनि किन नउठेको भनेर अन्य परिवारका सदस्य हेर्न गएका रहेछन्र।’

    महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।  कार्य गरिरहेको उनले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij