काठमाडौँ – मुलकभर देखिएको मौसमी परिवर्तन आगामी तीन दिन सम्म रहने जल तथा मौसम पुर्वानुमान महासाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा सुदुरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमाली जिल्लाहरुमा हिमपात हुने महासाखाले जनाएको छ । यस्तो छ तीन दिनको मौसमी विवरण :
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०९/२१ देखि २०७७/०९/२३) जारी समय : साँझ ६:०० बजे
देशभर आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मिति: २०७७-०९-२१ बिहान ९:०० बजे)
हाल देशको तराई भु-भागमा सामान्य बदली रहेको छ।तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०९/२१ देखि २०७७/०९/२३) जारी समय : विहान ६:०० बजे
देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
