Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डब्ल्यूएचओद्धारा फाइजर भ्याक्सिन स्वीकृति


  • शुक्रबार, पुष १७ २०७७

  • डब्ल्यूएचओद्धारा फाइजर भ्याक्सिन स्वीकृति

    एजेन्सी – विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले बिहीबार फाइजर र बायोनटेकको कोभिड–१९ भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । अब विश्वभरका देशहरुलाई यस भ्याक्सिनको आयात र वितरणका लागि अनुमति प्रदान गर्न ढोका खुलेको छ ।
    यसअघि नै बेलायत, अमेरिका, क्यानेडा, युरोपेली युनियनलगायत विभिन्न देशहरुले यस भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दिएका थिए । यी देशहरुमा भ्याक्सिन लगाउने काम भइरहेको छ ।
    डब्ल्यूएचओका मारियाएंगेला सिमाओले भनेका छन्, ‘संसारभर कोरोना भाइरस भ्याक्सिनको वैश्विक पँहुच सुनिश्चित गर्ने दिशामा यो निकै उपयोगी पहल हो । विश्वको जनसंख्याको आवश्यकलाई नियाल्दै भ्याक्सिनको पर्याप्त मात्रामा उपलब्धता सुनिश्चित गर्नका लागि वैश्विक स्तरमा अझै धेरै प्रयास गर्नुपर्ने आवश्यकता छ ।
    यस दिशातर्फ गम्भीर रुपमा विचार गर्नुपर्छ ।’ डब्ल्युएचओले संसारभरका विशेषज्ञहरुसँग भ्याक्सिनको सुरक्षा, प्रभावकारिता र गुणस्तरका आँकडाबारे समिक्षा गरिएको जनाएको छ । समिक्षाका दौरान यो भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको डब्ल्युएचओले जनाएको छ ।
    डब्ल्यूएचओबाट स्विकृति पाउने फाइजर विश्वकै पहिलो भ्याक्सिन हो । रुसको स्पुतनिक पाँचौ, बेलायतको अक्सफोर्ड–एस्ट्रेजेनेका, अमेरिकाको मोडर्नालगायत कम्पनीका भ्याक्सिनलाई विभिन्न देशले आपतकालिन प्रयोगको अनुमति दिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij