Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कैलालीमा सडेको अवस्थामा युवकको शव फेला


  • शुक्रबार, पुष १७ २०७७

  • कैलालीमा सडेको अवस्थामा युवकको शव फेला

    कैलाली – कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ ।शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

    उनका अनुसार मृतकको शव सडेको अवस्थामा फेला परेको र नजिकै सेतो रङको गन्जी र हरियो रङको हाफसर्ट फेला परेको हो ।

    शवको प्रकृति हेर्दा तल्लो शरीरमा निलो रङको जिन्स पाइन्ट लगाएको, उचाइ अन्दाजी पाँच फिट पाँच इन्च, उमेर अन्दाजी २५/३० वर्षको जस्तो देखिने, दायाँ हातको पाखुरामा नाग (सर्प) र शिवलिङ्गको ट्याटु भएको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij