Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंमा निर्माणाधीन भवनको पाँचौं तलाबाट खसेर एक जनाको मृत्यु


  • सोमबार, पुष ६ २०७७

  • काठमाडौंमा निर्माणाधीन भवनको पाँचौं तलाबाट खसेर एक जनाको मृत्यु

    काठमाडौं – काठमाडौंको चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौं तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ ।

    निर्माणाधीन भवनको बाहिरी भागमा प्लास्टर गर्ने क्रममा आफूले टेकेको रड खुस्किएर भुइँमा पछारिएपछि चाबहिलस्थित मेडिकेयर अस्पतालमा लगिएको थियो । अस्पतालले मृत घोषणा गरिसकेको महानगरीय प्रहरीवृत्त बौद्धले जनाएको छ । मृतकका आफन्तको पहिचान गरी सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij