Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु


  • सोमबार, मंसिर २२ २०७७

  • मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

    काठमाडौँ – गए राति बानेश्वरमा सवारी दुर्घटनाबाट ७० वर्षीय वृद्धको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट ती वृद्धको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्ने क्रममा ७० वर्षीय लोकनाथ धितालको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    काठमाडौँको आलोकनगर बस्ने धितालको गए राति मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । प्रहरीका अनुसार धितालको पौने १० बजे उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो । धितालको ज्यान जानेगरी मोटरसाइकल चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij