Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु


  • आइतबार, मंसिर ७ २०७७

  • सप्तरीमा  करेन्ट लागेर हात्तीको मृत्यु

    सप्तरी – सप्तरीमा करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ पडेमारामा आइतबार बिहान हात्तीको करेन्ट लागेर मृत्यु भएको हो ।

    कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीको समूहले पडेमारा नजिकैको विद्युत पोलमा शरीर घिसार्ने क्रममा अचानक तार चुँडिएर ती हात्तीलाई करेन्ट लागेको पाइएको नगरपालिकाका प्रमुख वसन्त मिश्रले जानकारी दिए । हात्ती गाउँ नजिकैको धान खेतमा मृत फेला परेका छन् । उनलाई ३३ हजार केभिएको हाइटेन्सन विद्युतबाट करेन्ट लागेको हो ।

    हात्तीले विद्युतको पोल समेत भत्काइ दिएपछि यस क्षेत्रको विद्युत अवरुद्व भएको छ । मरेको हात्तीलाई कानुनी प्रक्रिया पुरा गरी नजिकै खाल्डो खनेर गाडिने तयारी गरिएको नगर प्रमुख मिश्रले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij