Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु


  • बुधबार, मंसिर ३ २०७७

  • ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

    काठमाडौं – धादिङको धुनिवेशी नगरपालिका–८ स्थित खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको १२ चक्के ट्रकले ठक्कर दिँदा स्थानिय ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो ।

    ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय खानीखोलाकी इन्सपेक्टर रुपा थापाले रातोपाटीलाई बताइन् । सामान लिन हेटौंडातर्फ जाँदै गरेको ना.६ ख ४९४७ नम्बरको खाली ट्रकले बालकलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij