Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त


  • बुधबार, मंसिर ३ २०७७

  • पेरुको राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त

    ब्युनस आयर्स – दक्षिणी अमेरिकी राष्ट्र पेरुको अन्तरिम राष्ट्रपतिमा फ्रान्सिस्को सागास्ती नियुक्त भएका छन् । पेरुका राजनीतिज्ञ समेत रहेका सागास्तीले संसद समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । गत नोभेम्बर ९ मा पेरुको संसदले पूर्व राष्ट्रपति मार्टिन भिजकारालाई महाभियोग लगाएर पदबाट बर्खास्त गरेको थियो । त्यसपछि अन्तरिम राष्ट्रपतिका रुपमा नियुक्त भएका मानुएल मेरिनोको सरकार विरुद्ध पनि जनताले प्रदर्शन गरेपछि उनले गत नोभेम्बर १५ मा राजीनामा दिएका थिए ।

    मेरिनाको सरकारविरुद्ध भएको उक्त प्रदर्शनका क्रममा दुई जना प्रदर्शनकारीको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका थिए । राष्ट्रपति पदको सपथ लिँदै सागास्तीले लोकतन्त्रको रक्षाका लागि भएका प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन्। उनले प्रदर्शनका क्रममा वेपत्ता भए भनिएका व्यक्तिको खोजीका लागि सम्पूर्ण संयन्त्र परिचालन गर्ने बचनबद्धता प्रकट गरे ।

    राष्ट्रपति सागास्तीले पछिल्लो पटक भएको जनप्रदर्शन कोभिड–१९ विरुद्धको संघर्षका साथै आगामी सन् २०२१ को अप्रिल ११ मा हुने राष्ट्रपति निर्वाचनको तयारी पनि रहेको बताए । सागास्तीको अन्तरिम सरकारले आगामी वर्ष अप्रिलमा राष्ट्रपतिको निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेवारी पाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij