काठमाडौं – कैलालीमा ड्युटीमा खटिएका एक असईको शव फेला परेको छ। अर्का प्रहरी जवान बेपत्ता छन्। शनिवार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र जवान राम बहादुर साउन मोटरसाईकल गस्तिमा निस्किएका थिए ।
बिहानसम्म ड्युटीबाट नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै पर्छ । तस्कर समूहले हत्या गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान शुरु गरेको छ । असई गोविन्द बिकको शव धनगढी उपमहानगरपालिका-११ को मोहना खोलामा भेटिएको हो। प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
