काठमाडौं – रामेछापको दोरम्बा गाउँपालिका–४ सानो शैलुङमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर दोरम्बा–७ का चालक पेमा लामा र ट्याक्टरमा सवार ५५ बर्षिय फुर्वा दोर्जेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ ना ७ त ८७३ नम्बरको ट्याक्टर सानो शैलुङ स्थित भित्री सड्कबाट २ सय मिटर तल खसेको थियो ।
काभ्रेको जिरोकिलोबाट डिजेल लिएर सो ट्याक्टर दोरम्बा गएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
