Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

छोराको कुटपिटबाट बाबुको मृत्यु


  • सोमबार, असोज १९ २०७७

  • छोराको कुटपिटबाट बाबुको मृत्यु

    गुल्मी – इस्मा गाउँपालिका– ४ का २६ वर्षीय अनिल बस्नेतले आफ्नै ६० वर्षीय बुवा दिलबहादुरको कुटपिट गरी हत्या गरेका छन् ।

    आइतवार राति अनिलले घरभित्रै कुटपिट गरी घाइते बनाएका दिलबहादुरको थप उपचारको लागि बुटवल लैजाने क्रममा राति नै बाटोमै मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गुल्मीले जनाएको छ ।

    गम्भीर घाइते भएका दिलबहादुरलाई गुल्मी अस्पताल हुँदै पाल्पा प्रवास अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

    घटना भएको थाहा पाए लगततै इस्मा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीको कमाण्डमा खटिएको टोलीले दिलबहादुरको उद्धार गरेर अस्पताल पठाएको थियो ।

    कुटपिटमा संलग्न छोरा अनिल भने फरार भएका छन् । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij