Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाल्पामा गोठ भत्किँदा एकजनाको मृत्यु


  • सोमबार, असोज १२ २०७७

  • पाल्पामा गोठ भत्किँदा एकजनाको मृत्यु

    बुटवल -पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिकाको वडा नंं. ७ डबकामा सोमबार दिउँसो गोठ भत्किँदा गोठ मालिक स्थानीय ५५ वर्षका हरि लम्तरीको घटनास्थलमै मृत्यु भएको हो ।गोठ भत्किँदा ४८ वर्षका अम्बरबहादुर पेग्नी गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ ।

    घटनामा एउटा भैंसी, पाडो र बाख्रासमेत च्यापिएर मरेका प्रहरीको भनाइ छ । अबिरल वर्षाका कारण झरीले जमिन गलेर गोठ भत्किएको प्रहरीले अनुमान गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij