Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बुटवल–तानसेन सडक पहिरोले अवरुद्ध


  • बुधबार, असोज ७ २०७७

  • बुटवल–तानसेन सडक पहिरोले अवरुद्ध

    बुटवल – पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ । गएराति देखिको वर्षाले पाल्पाको तिनाउँ गाउँपालिका–५ कालिमाटीमा ढुङ्गासहितको पहिरो खस्दा बिहान ८ बजेपछि बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    वर्षाको बेला पटक–पटक अवरुद्ध हुने यो सडक खुलाउनको लागि सडक डिभिजनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । सडक बन्द भएपछि बुटवलबाट पाल्पा,गुल्मी,स्याड्जा जाने र आउने सवारी साधनहरु रोकिएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij