Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मंगलबारदेखि चीनको वुहानका विद्यालय खुल्ने


  • आइतबार, भाद्र १४ २०७७

  • मंगलबारदेखि चीनको वुहानका विद्यालय खुल्ने

    वुहान – चीनको वुहानमा मंगलबारबाट विद्यालय खुल्ने भएका छन् । कोरोना भाइरसको संक्रमण शुरु भएको चीनको वुहान राज्यका सम्पूर्ण विद्यालयमा मंगलबारदेखि पठनपाठन पुनः सञ्चालन हुने भएको हो ।

    चिनियाँ सञ्चारमाध्यमका अनुसार वुहानका २ हजार ८ सय ४२ विद्यालयमा पढाइ सुरु गर्न लागिएको हो । भाइरसको संक्रमण फैलिएसँगै वुहानका करिब १४ लाख विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका थिए । वुहानका विश्वविद्यालय भने शुक्रबारदेखि नै खुलिसकेका छन् ।

    भाइरस नियन्त्रणमा आएसँगै विद्यालय खोल्न लागिएको भए पनि अधिकारीहरूले अनावश्यक भेला वा सम्मेलन नगर्न तथा आवश्यक सुरक्षाका उपाय अपनाउन निर्देशन दिइएको जनाएका छन् । सूचना नगरिएका विदेशी विद्यार्थी तथा शिक्षकलाई भने विद्यालय जान रोक लगाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij