Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एकैदिनमा भारतमा ७६ हजार सङ्क्रमित


  • शनिबार, भाद्र १३ २०७७

  • एकैदिनमा भारतमा ७६ हजार सङ्क्रमित

    भारत- भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ ।
    मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार विहानसम्म सङ्क्रमित भएकाहरुको संख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ ।

    कुल सङ्क्रमित मध्ये सात लाख ५२ हजार ४२४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २६ लाख ४८ हजार ९९९ जना सङ्क्रमणमुक्त भएका छन् ।

    प्रदेश अनुसार हेर्दा सवैभन्दा प्रभावित भएको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ५० जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै प्रभावित भएकोे अन्द्र प्रदेशमा ९६ हजार १९१ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । रासस÷एएनआई

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij