बुटवल – बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कोारेना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ ।
आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
उपमहानगरका चारजना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ । अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
