Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजको मौसम पूर्वानुमान


  • मंगलबार, साउन २७ २०७७

  • आजको मौसम पूर्वानुमान

    काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
    मनसुनी न्यून चापीष् रेखा नेपालको पश्चिम क्षेत्र नजिक रहेकाले हाल देशका अधिकांश भूभागहरुमा समान्यदेखि पूर्णबदली रहेको र सबै प्रदेशहरुका थोरै स्थानहरुमा हल्का बर्षा स्थानहरुमा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैगरी, मंगलबार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    भने, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    र, प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश, र प्रदेश नं ५ थोरै स्थानमा भारी वर्षाको समेत हुनसक्ने पूर्वानुमान गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij