काठमाडौं – भारतले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध लड्न नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ ।
उक्त सहयोग सामग्री आइतबार जंगी अड्डामा आयोजित कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना सफल पार्न भारतले भेन्टिलेटर उपलब्ध गराएको नेपाली सेनाले जनाएको छ ।
दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबर मूल्यका भेन्टिलेटरहरु कोभिड– १९ का बिरामीको उपचारमा उपयोग हुने दूतावासले अपेक्षा गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
