Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतमा २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना, ९०४ को मृत्यु


  • बिहिबार, साउन २२ २०७७

  • भारतमा २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना, ९०४ को मृत्यु

    भारत-भारतमा पछिल्लो २४ घण्टामा ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५६ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय ४ जनाको मृत्यु भएको छ । भारतमा जुलाई २८ यता दैनिक रुपमा ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

    भारतमा पछिल्ला १५ दिनमा कोरोना भाइरसको संक्रमण दर उच्च गतिमा बढिरहेको छ । संक्रमणका हिसाबले भारत विश्वकै तेस्रो प्रभावित मुलुक हो । अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १९ लाख ६४ हजार ५ सय ३७ पुगेको छ भने कोरोनाबाट अहिलेसम ४० हजार ६ सय ९९ जनाको मृत्यु भएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।

    भारतमा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा ४ लाख ६८ हजार २ सय ६५ जनामा संक्रमण देखिएको छ । महाराष्ट्रमा अहिलेसम्म १६ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ । त्यस्तै तमिलनाडुमा २ लाख ७३ हजार, आन्ध्र प्रदेशमा एक लाख ७६ हजार ३ सय ३३, कर्नाटकमा एक लाख ५० हजार र दिल्लीमा एक लाख ४० हजार २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij